
जडीबुटीमा प्रहरीले गोली चलायाे, जेनजी आन्दोलनमा जेलबाट भागेका ‘डाँका’ पक्राउ
काठमाडाैं – लुटपाटमा संलग्नलाई समात्न प्रहरीले जडीबुटीमा गोली चलाएको छ।
प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिए।
शनिबार प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली प्रहार गरी फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार कार्की भदौ २४ मा केन्द्रीय कारागारबाट फरार भएका थिए।
कार्की डाँका मुद्दाका आरोपित हुन्। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी भट्टराईले बताए।



कागजपत्र |
