
इशान र दीपेन्द्र चम्किँदा नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य
काठमाडौं — आईसिसी लिग–२ को खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालको पारी सम्हाल्न आएका इशान पाण्डे र कप्तान रोहित पौडेलको शतकीय साझेदारीका साथै दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङले नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाउँदै अमेरिकालाई विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि ईशान पाण्डेले ८४ रनको पारी खेले भने दीपेन्द्र सिंह ऐरीले ५९ रनको विस्फोटक पारी खलेका थिए । ईशानले ८३ बलमा ८४ रन बनाउँदा दीपेन्द्रले ३६ बलमा ५९ रन बनाएका थिए । दीपेन्द्र रनआउट हुन पुगे ।
त्यस्तै कप्तान रोहित पौडेल अर्धशतक बनाउन ४ रनले चुक्दा आशिफ शेखले ४३ रन बनाए भने कुशल भुर्तेलले २९ रन बनाएका थिए ।
त्यस्तै नेपालका लागि गुल्सन झाले १५ रन बनाए भने आरिफ शेख १८ रनमा नटआउट रहे ।
नेपालले अन्तिम ओभरमा दुई विकेट गुमाएको थियो । अन्तिम ओभरमा सोमपाल कामी ५ रन र नन्दन यादव १ रन बनाउँदै रनआउट भएका थिए ।
अमेरिकाका लागि सुभम् रञ्जानेले ३ विकेट लिए भने रुशिल उग्राकर र मिलिन्द कुमारले १÷१ विकेट हात पारेका थिए ।



कागजपत्र |
