कैलालीमा दौडका क्रममा सशस्त्रका ८ जना तालिमरत जवान बेहोस्


कैलाली-  कैलालीको टीकापुरस्थित राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्रमा तालिमरत सशस्त्र प्रहरीका आठ जना जवान शुक्रबार बिहान दौड अभ्यासका क्रममा बेहोस् भएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार बिहान करिब ९ बजेतिर नियमित शारीरिक अभ्यासअन्तर्गत दौडिरहेका बेला उनीहरू अचानक अचेत भएका हुन् ।

बेहोस् हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरणनाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

घटनापछि उनीहरूलाई तत्काल टीकापुर अस्पताल पुर्‍याएर अक्सिजनसहित उपचार गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य अवस्था थप परीक्षण र उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई सुर्खेत लगिएको छ । त्यहाँबाट स्काई ट्रकमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया