
जेठ १४ गते सार्वजनिक बिदा
काठमाडौं — जेठ १४ गते बिहीबार सार्वजनिक बिदा परेको छ ।
सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान् चाड बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यससँगै लगातार चार दिनसम्म सार्वजनिक बिदा परेको छ ।
जेठ १४ गते बकर इद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार परेको छ ।
.jpg)



कागजपत्र |
