प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ जारी


काठमाडौं-  संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि प्रस्तावित डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ अघि बढाएको जनाएको छ ।

समितिका सचिव तुलबहादुर कँडेलका अनुसार प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ मंगलबार दिउँसो १ः३० बजेदेखि जारी रहेको छ ।

सुनुवाइ कार्यक्रम सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्ष, भवन नम्बर–१ को कोठा नम्बर–४११ मा आयोजना गरिएको छ ।

प्रतिक्रिया