संसदमा फेरि प्लेकार्डसहित उभिए हर्क साम्पाङ


काठमाडौं-  प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि विरोध जनाएका छन्।

बैठक सुरु हुनेबित्तिकै साम्पाङ प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जनताप्रति जवाफदेही बनाउनुपर्ने माग गर्दै आफ्नो स्थानबाट उठेका थिए।

उनले संसदभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा सभामुखले साम्पाङले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयसँग आवश्यक छलफल गर्ने आश्वासन दिएका थिए।

सभामुखको उक्त आश्वासनपछि प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको थियो।

प्रतिक्रिया