ललितपुरमा चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइते


काठमाडौं- ललितपुरमा चितुवाको आक्रमणबाट एक प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बुधबार बिहान महालक्ष्मी नगरपालिका–लुभु क्षेत्रमा गस्तीमा रहेका प्रहरी हवल्दार प्रेम वि.क. माथि चितुवाले आक्रमण गरेको हो ।

एसपी गौतम मिश्रका अनुसार मोटरसाइकल गस्तीमा रहेका बेला गहुँबारीबाट अचानक निस्किएको चितुवाले प्रहरीमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका हवल्दार वि.क.को किस्ट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । घटनापछि चितुवा भने आक्रमणस्थलबाट भागेको बताइएको छ ।

प्रतिक्रिया