प्रधानमन्त्री संसदमा उपस्थित नभएपछि बैठक छोडेर हिँडे हर्क साम्पाङ


काठमाडौं-  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन् । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्न लागेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै राजीनामासमेत माग गरेका छन् ।

प्रतिक्रिया