
प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध
काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अघि बढाउन सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएका थिए ।
त्यसपछि विपक्षी सांसदहरूले टेबुल ठोक्दै विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै सदन अवरुद्ध गरेका हुन् ।
सभामुखले सांसदहरूलाई आफ्नो कुरा सुन्न आग्रह गरे पनि विपक्षीको अवरोध जारी रहेको छ ।



कागजपत्र |
