Click to toggle navigation menu.

बलात्कार प्रयास गर्ने साउद पक्राउ


सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका-२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड-३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । ‘पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो’, प्रहरी प्रमुख शर्माले भने, ‘उनविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।’

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया



थप समाचार

३३ किलो गाँजासहित तीन कारोबारी पक्राउ

रौतहट – पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा प्रहरीले आइतबार राति दुई राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो  — विस्तृतमा

उपत्यकामा २४ घण्टाभित्र १ हजार २१३ सवारीचालक कारबाहीमा

काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारीचालक कारबाहीमा परेका छन्।  — विस्तृतमा

वीरगन्जमा भारतीय कारभित्र ४ पेस्तोल ६ गोली बरामद

पर्सा – वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र एसएलआरका गोली बरामद गरेको छ। वीरगन्ज  — विस्तृतमा

बुढानिलण्ठको गरुड क्यासिनोमा प्रहरीको छापा, क्यासिनो खेल्न प्रयोग हुने सामाग्रीसहित ११ नेपाली पक्राउ

काठमाडौं — राजधानीको बुढानीलकण्ठस्थित एक क्यासिनोबाट ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई  — विस्तृतमा

उपत्यकामा २४ घण्टाभित्र ७८७ सवारीचालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा पछिल्लो २४ घण्टामा ७८७ जना सवारी चालक ट्राफिक प्रहरीको  — विस्तृतमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी –  माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा  — विस्तृतमा

कहाँबाट परिचालित छन्- सांसद सुनार ?

काठमाडाैं – नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीविरुद्ध सांसद खगेन्द्र सुनारले पछिल्लो समय संसददेखि सार्वजनिक लेखासमितिसम्म निरन्तर प्रश्न उठाइरहेका छन्।  — विस्तृतमा

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते (नामसहित)

सल्यान- जिल्लाको त्रिवेणी गाउँपालिका –०५ सिंखस्थित भित्री सडक-खण्डमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  — विस्तृतमा

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

धनगढी – कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ स्थित जनआवाज चोक नजिकबाट ६६० मिलिग्राम ब्राउनसुगरसहित  — विस्तृतमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ सवारीसाधनका चालकलाई कारबाही  — विस्तृतमा

अपराध अनुसन्धान कार्यालयको एक्सन, ठमेलबाट समातिए दश बंगाली नागरिक

काठमाडौं – ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ  — विस्तृतमा

उपत्यकामा २४ घण्टाभित्र ८७२ चालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकामा नियम विपरीत सवारी साधन चलाउने ८७२ जना चालकलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist