Click to toggle navigation menu.

बलात्कार प्रयास गर्ने साउद पक्राउ


सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका-२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड-३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । ‘पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो’, प्रहरी प्रमुख शर्माले भने, ‘उनविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।’

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया



थप समाचार

सदर चिडियाखानाबाट रेडपान्डा चोरीको प्रयास

काठमाडौं — ललितपुरस्थित सदर चिडियाखानामा मंगलबार राति दुर्लभ प्रजातिको रेडपान्डा चोरी गर्ने प्रयास भएको खुलासा भएको छ। चिडियाखानाभित्र रहेको  — विस्तृतमा

यौनधन्दामा लगाएको अभियोगमा कास्कीमा तीनजना पक्राउ

कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले महिलाहरूलाई अवैध रूपमा यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला  — विस्तृतमा

विवाह समारोहमा करेन्ट लाग्दा २ महिलाको मृत्यु, एक घाइते

विराटनगर — मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा  — विस्तृतमा

दिल्लीको चोरी प्रकरणमा संलग्न ८ नेपाली कैलालीबाट पक्राउ

कैलाली- भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ  — विस्तृतमा

सांसद माया राईविरुद्ध ३७ लाख बढीको सहकारी ठगी मुद्दा दायर

काठमाडौं-  कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्था ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै  — विस्तृतमा

खैरहानीमा खुडा हानाहान : तीन घाइते, दुई पक्राउ

नारायणगढ – पूर्वी चितवनको खैरहानीमा मंगलबार दिउँसो दुई समूहबीच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन्। घटना खैरहानी  — विस्तृतमा

आर्थिक अपराध नियन्त्रणका लागि प्रहरीकाे छुट्टै महाशाखा, एसएसपी बोगटी प्रमुख

काठमाडौं- आर्थिक अपराध बढेपछि नेपाल प्रहरीले विशेष इकाइ ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरेको छ। प्रहरी प्रवक्ता  — विस्तृतमा

हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध विशेष अदालतमा  — विस्तृतमा

चिर्पट प्रहार गरेर श्रीमानको हत्या गरेको अभियोगमा संगीता पक्राउ

दाङ- आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी  — विस्तृतमा

बाल सुधार गृहबाट ३ जना फरार

काठमाडौं–बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न्। विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो  — विस्तृतमा

साथीकोमा गएका युवकको मृत्यु

काठमाडौं – ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । सोमबार राति भाडामा बस्ने एक  — विस्तृतमा

१० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा सुर्खेतबाट एकजना पक्राउ

सुर्खेत- सुर्खेतबाट १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-३ पंचकोशी संगमटोल बस्ने ६०  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist