
जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते
सिन्धुली – सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् फिक्कलबाट गाईघाटतर्फ जाँदै गरेको म.प्र. ०१–००१ च ८२०२ नम्बरको जन्ती बोकेको जिप दुर्घटना हुँदा ती यात्रु घाइते भएका हुन् ।
सिन्धुली जिल्लाको दुधौली–१ राँगेस्थित मदनभण्डारी राजमार्गमा सडकको मोडमा अनियन्त्रित भएको जिप सडकबाट १० मिटरजति तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परि सिन्धुली फिक्कलका योगबहादुर खत्री, सोही ठाउँका लालबहादुर वि., सोमबहादुर नेपाली, साने विक र तिनपाटन गाउँपालिकाका श्याम दुराल रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
जिपका चालक रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
