सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु


सर्लाही- सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खिला नजिक बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी ३६ वर्षीय श्याम ठाकुर रहेका छन् । उनी स्थानीयमा “पप्पु” भनेर परिचित थिए ।

प्रहरीका अनुसार ग १ ख ९४६७ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा संलग्न बस र त्यसका धनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतो नियन्त्रणमा लिइएको छ ।

तर बस चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४५ वर्षीय बद्री मण्डल भने घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया