सशस्त्रका १८ कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका १८ जना प्रहरी जवान सम्पर्कबिहीन भएका छन् । उनीहरू विभिन्न इकाइबाट बिदा वा आफूखुसी रूपमा ब्यारेक छोडेर गैरहाजिर रहेको पाइएको हो ।

प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धित जवानहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन कडा निर्देशन दिएको छ । सूचना अनुसार, उनीहरू हालसम्म कुनै पनि माध्यमबाट सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरेको हो ।

सम्पर्कबिहीन हुनेमा एलिना अधिकारी, सिता परियार, स्वस्थीका मगर, मनोज भट्ट कपाडी, सन्तोष विक्रम विष्ट, दिपेश धिमाल, प्रनिस सिंह ठकुरी, प्रकाशबहादुर विष्ट, किसान साउद, जयबहादुर विष्ट, उमा पराजुली, प्रमेश्वर राय, नरेश घलान, विक्रम थोकर, यामबहादुर थापा, प्यारजंग शाही, विश्व खत्री र आयुष्मान बम रहेका छन् ।

सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।”

समयमै सम्पर्कमा नआएमा उनीहरूमाथि प्रहरी नियमावली बमोजिम आवश्यक कारबाही हुने चेतावनीसमेत दिइएको छ।

उनीहरुलाई बाटो म्यादबाहेक सातदिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्कका लागि सूचीत गरेको छ ।

प्रतिक्रिया