
२४ घण्टामा १७२० चालक कारबाहीमा, ८ लाख ५८ हजार राजस्व संकलन
काठमाडौं- उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रहरीको कारबाही निरन्तर कडा बन्दै गएको छ। बितेका २४ घण्टामा मात्रै एक हजार ७२० जना चालक कारबाहीमा परेका छन् भने यसबाट राज्यकोषमा आठ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १३६ जना पक्राउ परेका छन्। यस्तै नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १२४ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १२९ जना र तीव्र गतिमा सवारी चलाउने १७५ जनामाथि पनि कारबाही गरिएको छ।
त्यसैगरी ‘लेन’ अनुशासन मिच्ने २०६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९२ जना तथा तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने २० जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ठूलो संख्यामा चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।



कागजपत्र |
