अपडेटः रोल्पा जिप दुर्घटनामा १६ घाइते, १५ जना गम्भीर, १ सामान्य


रुकुमपूर्व – रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा १६ जना घाइते भएका छन् ।

रोल्पा जिल्ला थवाड गा.पा .- १ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट अं. ८०० मि. तल खस्न गई १६ जना घाइते (१५ जना गम्भिर, १ जना सामान्य) घाइतेहरुको उद्दार कार्य जारी रहेको जानकारी प्रहरीले जनाएको छ ।

जीपमा १८ जना सवार रहेको पाइएको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बागालेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार त्यहाँ प्रहरी टोली पुगिसकेको छ ।

 

प्रतिक्रिया