काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा


काठमाडौं-  काठमाडौँ उपत्यकामा बुधबार साँझ हावाहुरीसहित वर्षा भएको छ।

साँझ करिब ५ बजेदेखि उपत्यकाका विभिन्न स्थानमा एकैपटक हावाहुरी चल्दै वर्षा भएको हो। अचानक मौसम बदलिएपछि सडकमा रहेका सर्वसाधारण तथा सवारी आवागमन केहीबेर प्रभावित बनेको थियो।

जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै सूचना जारी गर्दै देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको थियो। सोही पूर्वसूचनापछि काठमाडौँ उपत्यकामा पनि मौसम प्रतिकूल बनेको हो।

विभागले अझै केही दिन यस्तै मौसमी प्रणाली सक्रिय रहन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया