नेपाल ओमानसँग पराजित


काठमाडौं-  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले पराजय बेहोरेको छ। वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस (डीएल) पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको विशाल योगफल खडा गरेको थियो। ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतक प्रहार गर्दै १३० रन बनाए। उनलाई अन्य ब्याटरहरूले पनि राम्रो साथ दिएका थिए।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिँदा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे।

३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। वर्षा नरोकिएपछि डीएल पद्धतिका आधारमा ओमान विजयी घोषित भयो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रनको संघर्षपूर्ण पारी खेले पनि जित दिलाउन सकेनन्। ओपनर कुशल भुर्तेल १, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए। गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे।

ओमानका बलरमध्ये नदीम खानले ३ विकेट लिए भने शकील अहमदले २ विकेट हात पारे।

यससँगै सिरिजमा नेपालले निराशाजनक हार बेहोरेको छ। अब नेपालले आफ्नो अर्को खेल शुक्रबार युएईसँग खेल्नेछ।

प्रतिक्रिया