थापाथलीपछि गैरीगाउँमा पनि चल्यो डोजर


काठमाडौं- शनिबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेपछि सरकारले गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि संरचना हटाउने तयारी अघि बढाएको छ।

हाल बस्तीभित्र रहेका सामानहरू सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। सबै सामान खाली भएपछि मात्र संरचनामा डोजर चलाइने तयारी गरिएको छ।

यस प्रक्रियामा स्थानीयलाई सहयोग गर्न प्रहरी परिचालन गरिएको छ भने बस्तीभित्र रहेका व्यापारिक सटरका सामग्री समेत स्थानान्तरण गरिँदैछ।

प्रतिक्रिया