कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित


काठमाडौं-  नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने तय भएको निर्वाचन स्थगित गरिएको छ।

निर्वाचन अब कहिले हुने भन्ने मिति तय गरिएको छैन। निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, संयोजक प्रकाश (निर्वाचन समिति), सदस्य मुना भुसाल तथा अर्का सदस्य राजु कटुवाल रहेका छन्।

पुष्पा भुसाल कांग्रेसकी उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री रहेका छन्।

निर्वाचन कहिले हुने वा सहमतिमार्फत नेतृत्व चयन गरिने भन्ने विषयमा छिट्टै निर्वाचन समितिले औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको सदस्य भुसालले जानकारी दिइन्।

प्रतिक्रिया