बुद्ध एयरको विमान उड्नै लाग्दा झ्यालको सिसा खसेपछि…


काठमाडौं-  काठमाडौंबाट चितवनको भरतपुरका लागि उड्न लागेको बुद्ध एयरको एक विमानमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ।

शुक्रबार मध्याह्न १२:२० बजे उडानका लागि तयार रहेको उक्त विमानको झ्यालको सिसा अचानक खसेपछि उडान अवरुद्ध भएको हो। प्रारम्भिक जानकारीअनुसार एक यात्रुले आपत्कालीन ढोका खोलेपछि सिसा झरेको बताइएको छ।

घटनापछि सबै यात्रुलाई सुरक्षित रूपमा अर्को विमानमार्फत भरतपुर पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार बुद्ध एयरले घटनालाई ‘सामान्य’ भनेको छ। यद्यपि, घटनाबारे स्पष्ट जानकारी लिन कम्पनीसँग स्पष्टीकरण माग गरिएको उनले बताए।

प्रतिक्रिया