पयर्टकको आइफोन लुट्ने ३ जना पक्राउ


काठमाडौं – काठमाडौंको ठमेलमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

शनिबार ३ जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् ।

लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

 

प्रतिक्रिया