पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक


काठमाडौं-  जारी पीएम कपमा एपीएफ क्लबबाट खेलिरहेका आसिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् ।

सोमबार मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो घरेलु राष्ट्रिय प्रतियोगितामा बनेको पहिलो दोहोरो शतक हो । यससँगै आसिफ घरेलु प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आसिफको जारी पीएम कपमा दोस्रो शतक हो । यसअघि उनले बागमतीविरुद्ध ११४ रनको शतकीय पारी खेलेका थिए ।

पर्सामा जारी यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको छ । एपीएफका लागि सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाएका थिए ।

प्रतिक्रिया