
४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं – शुक्रबार बढेको सुनकाे मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ तोकिएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
