भारतको यमुना नदीमा डुंगा पल्टिँदा १० जनाको मृत्यु, २२ को उद्धार


काठमाडौं – भारतमा एउटा डुङ्गा पल्टिँदा १० जनाको ज्यान गएको छ।

उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया