व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा


काठमाडौं-  बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ। सो निर्णयसँगै उनको राहदानी पनि रोक्का गरिएको जनाइएको छ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रको नेतृत्वमा करिब दुईतिहाइ नजिकको सरकार बनेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विभिन्न व्यक्तिमाथि छानबिन अघि बढाइएको छ। सोही क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र माधवकुमार नेपालसहितका व्यक्तिमाथि पनि छानबिन सुरु भएको बताइएको छ।

प्रारम्भिक चरणमा करिब डेढ सय जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर लगाउने तयारी भइरहेको स्रोतले जनाएको छ। यही छानबिनका क्रममा व्यवसायी भट्टलाई विदेश जान रोक लगाउने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा उनलाई सोमबारदेखि कालोसूचीमा राखिएको गृहमन्त्री सुधन गुरुङको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।

 

प्रतिक्रिया