
कुवेतमा अलपत्र ३३ नेपाली साउदी हुँदै गन्तव्यतर्फ
काठमाडौं – युद्धका कारण कुवेत ट्रान्जिटमा रोकिएका ३३ जना नेपाली यात्रु अन्ततः आफ्नो गन्तव्यतर्फ लागेका छन्।
२८ फेब्रुअरीदेखि कुवेतको हवाई सेवा बन्द भएपछि अलपत्र परेका यी यात्रुहरुलाई कुवेतस्थित नेपाली दूतावासले साउदी अरबस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाएको जानकारी दिएको छ।
दूतावासले ती नेपालीहरुलाई कुवेतबाट साउदी अरबको रियादसम्म सडकमार्ग हुँदै सुरक्षित रूपमा पठाएको जनाएको छ। हालै पनि युद्धका कारण कुवेतको हवाई आकाश अझै सञ्चालनमा आएको छैन।
यसैबीच, यूएई र कतारका विमानस्थलबाट आंशिक रूपमा मात्र उडानहरु सञ्चालन भइरहेका छन् भने बहराइन र इराकको हवाई आकाश पूर्णरूपमा बन्द रहेको छ।



कागजपत्र |
