
संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
काठमाडौं – संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए ।
‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।’
फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।
ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।



कागजपत्र |
