एकैदिन ५४०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो ।

महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ ।

सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेको छ ।

१० ग्राम चाँदीको मूल्य भने ४ हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया