
२८९० उम्मेदवारको जमानत जफत
काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौँ उम्मेदवारले आफ्नो धरौटी (जमानत) जोगाउन नसकेको तथ्य सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा कानुनअनुसार निश्चित रकम धरौटीका रूपमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त धरौटी रकम उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको न्यूनतम १० प्रतिशत मत प्राप्त गरेपछि मात्रै फिर्ता पाउने प्रावधान छ।
निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनै उम्मेदवारले कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा उसको धरौटी रकम फिर्ता हुन्छ। तर, १० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा भने उक्त रकम राज्यको ढुकुटीमा जफत हुने व्यवस्था रहेको आयोगले जनाएको छ।



कागजपत्र |
