रास्वपाका नेता पक्राउ


बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

प्रहरी अनुसन्धानको दायरामा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए। ती सामग्री सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाएको तथा गोपनीयता भंग गरेको उजुरी प्रहरीमा परेको थियो।

उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरिएको र उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा रहेका संवेदनशील कागजात सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कानुन विपरीत भएकाले यस विषयमा थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया