निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं-  निर्वाचन आयोग र टिकटकबीच फागुन २१ गते हुने निर्वाचनको स्वच्छता प्रवर्द्धन र सूचना–सञ्चार सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बुधबार आयोजित कार्यक्रममा आयोग तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटक तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौता कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव कृष्ण बहादुर राउत लगायतका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यबाहक आयुक्त भण्डारीले टिकटकले नेपालमा पवित्र सोचका साथ नि:शुल्क निर्वाचन सफल बनाउन योगदान दिन लागेकोलाई महत्त्वपूर्ण ठानेका छन्। उनका अनुसार, ‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनमा छ। नेपालको निर्वाचनलाई टिकटकमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनु निकै महत्वपूर्ण कुरा हो।’

यस सम्झौतासँगै टिकटकले सामाजिक सञ्जालमार्फत चुनावको स्वच्छता, पारदर्शिता र जनसहभागिता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया