१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन


काठमाडौं- न्याय परिषद्ले जिल्ला न्यायाधीशहरूको सरुवा तथा पदस्थापन गरेको छ।

बुधबार बसेको न्याय परिषद् बैठकले विभिन्न जिल्लामा कार्यरत १० जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो। त्यस्तै, परिषद्ले २० जना जिल्ला न्यायाधीशको पदस्थापन पनि गरेको छ।

न्यायिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको न्याय परिषद् स्रोतले जनाएको छ। सरुवासँगै सम्बन्धित न्यायाधीशहरूले तोकिएका जिल्लामा छिट्टै कार्यभार सम्हाल्नेछन्।

1

2

3

 

प्रतिक्रिया