वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं- काठमाडौंमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बस्ने, भोजपुर हतुवागढी गाउँपालिका–९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मा रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार उनी शुक्रबार पक्राउ परेका हुन्।

महेन्द्र विश्वकर्माले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितबाट चार लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए। उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो।

आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

प्रतिक्रिया