
काठमाडौंबाट चरिकोट जाँदै गरेको ईभी दुर्घटना, ३ जना घाइते
काठमाडौं- काठमाडौंबाट चरिकोटतर्फ जाँदै गरेको ईभी दोलखाको भिमेश्वर नगरपालिका–९ आहालडाँडा क्षेत्रमा दुर्घटनामा परेको छ। लामोसाँघु–जिरी सडक खण्डमा सवारी अनियन्त्रित भई सडकबाट खसेको हो।
दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय हरिबहादुर ठकुरी, उनकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी र रामेछापको गोकुलगंगा गाउँपालिका–२ बस्ने ४५ वर्षीया रेखा नेपाली रहेका छन्।
प्रहरीका अनुसार हरिबहादुर ठकुरीको शरीरमा भित्री चोट लागेको छ भने निर्मला ठकुरीको टाउकोमा चोट लागेको छ। यस्तै, रेखा नेपालीको दुवै घुँडामा ठोक्किएर चोट लागेको छ। घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
