
रवि लामिछानेमाथिका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
युवराज पौडेलले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय तथा रवि लामिछानेलाई विपक्षी बनाइएको छ।
रिट निवेदनमा महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते गरेको मुद्दा फिर्ता लिने निर्णय तथा सो निर्णयसँग सम्बन्धित सम्पूर्ण पत्राचार उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ। साथै, लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू कमजोर नबनाइने र कानुनी प्रक्रियामा कुनै पनि किसिमको अवरोध नगर्न सर्वोच्च अदालतबाट परमादेश जारी गर्न माग गरिएको छ।



कागजपत्र |
