
३३ केजी सुन प्रकरणमा संलग्न ‘गोरे’ समूहका सुरेन्द्र गौतम पक्राउ
काठमाडौं- ३३ केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न प्रतिवादी सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका ३५ वर्षीय गौतमलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनी सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ समूहका सदस्य हुन् ।
२०७५ वैशाख १९ मा गौतम विरुद्ध मोरङ जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजायको माग दावी गरेर अभियोपत्र दायर गरिएको थियो । गौतम त्यसबेलादेखि फरार थिए ।



कागजपत्र |
