शेखर कोइरालाको विशेष अपील- सबै घर फर्कौँ


काठमाडौं- नेपाली कांग्रेस विभाजनको अवस्थापछि नेता डा. शेखर कोइरालाले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई एकताबद्ध भएर कांग्रेसमै फर्किन विशेष अपील गरेका छन्। उनले कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै दोष–निर्दोषको बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

डा. कोइरालाले पछिल्लो समय घटेका घटनाक्रमको वस्तुपरक समीक्षा र त्यसमा व्यक्तिहरूको भूमिकाको मूल्यांकन इतिहासले नै गर्ने भन्दै राजधानीमा भएका आन्तरिक तथा बाह्य षड्यन्त्रका तानाबानाले कांग्रेस कमजोर बन्न पुगेको बताएका छन्। कांग्रेस एक भएर आसन्न निर्वाचनमा जाने सबैको इमान्दार चाहना भए पनि त्यो सम्भव हुन नसकेको उनको भनाइ छ।

यस कठिन घडीमा महामानव नेता विपी कोइरालाको स्मरण गर्नुपर्ने उल्लेख गर्दै उनले विपीको जीवन संघर्ष र नियतिमा विश्वासको प्रसंग उठाएका छन्। कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा लिनुपर्ने उनको धारणा छ।

प्रतिक्रिया