१५०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया