नेपाल पक्षको सुदूरपश्चिम प्रदेशमा समानान्तर जिल्ला कमिटी घोषणा (सूचीसहित)


काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षले सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले जिल्ला कमिटी घोषणा गरेका हुन्।

कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावल नियुक्त भएका छन्।

त्यस्तै खनाल नेपाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेको छ। उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएको छ । पुरबहादुर राउत सचिव र निरबहादुर शाही उपसचिव बनेका छन्।

बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन्।

अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने बताइएको छ।

कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन्।

डडेलधुरा जिल्ला कमिटीः अध्यक्ष डा. तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने बताइएको छ।

डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन्। सचिव जिल्ला कमिटीको बैठकले गर्ने बताइएको छ। कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको छ।

बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन्।

प्रदेश कमिटीको गत चैत २३ र २४ गते बसेको बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया