गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा


काठमाडाैं- जेनजी आन्दोलनपछि उदाएका युवा सुदन गुरुङले गोरखा क्षेत्र नम्बर–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने  घोषणा गरेका छन्।

गुरुङले आगामी निर्वाचनमा गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गर्दै आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने बताएका छन्।

प्रतिक्रिया