तीन जना किशोरले कर्णाली नदीमा हाम फालेः एक जना बेपत्ता, दुई जना घाइते


कैलाली – कैलालीस्थित कर्णाली चिसापानीमा तीन जना किशोरले कर्णाली नदीमा हाम फालेर आत्माहत्याको प्रयास गरेका छन् ।

कैलालीस्थित कर्णाली चिसापानी पुलबाट हाम फालेका ३ जना किशोर एकै विध्यलमा कक्षा १० मा अध्यन गर्ने विद्यार्थी हुन्। तीन जना बिद्यार्थीमध्ये एक जना बेपत्ता भएका छन्।

जिल्लाको लम्किचुहा नगरपालिका २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जनाएको हो। उनले शनिवार दिउँसो कर्णाली पुलबाट हाम फालेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुलबाटै हाम फालेका १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई उपचारका लागि नेपालगन्ज लगिएको छ। उनको छातीमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।

उनीहरू शनिवार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ। उनीहरूले नदीमा किन हाम फाले भन्ने विषय भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया