ज्ञानेन्द्र हरिद्वारमा, भारतीय प्रधानमन्त्री मोदी क्याबिनेटकी मन्त्री साध्वी पनि पुगिन्


काठमाडौं– १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा शाही स्नानका लागि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह आइतबार बिहान उत्तराखण्डको हरिद्वार पुगेका छन्।

त्यसअघि उनले दक्षिणकाली मन्दिरको दर्शन गरेको निरंजन पिठाधिश्वर कैलाशनन्द गिरीले जानकारी दिएका छन्। महामण्डलेश्वर गिरीसँगै ज्ञानेन्द्रको शाही स्नान हुने जनाइएको छ।

सोमबार ज्ञानेन्द्रले शाही स्नान गर्नेछन्। पिठाधिशसँगै स्नान गर्ने बताइएको छ।

कुम्भ मेलामा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटमा रहेकी ग्रामिण विकास राज्यमन्त्री साध्वी निरञ्जन ज्योती पनि हरिद्वार पुगेकी छन्। उनी भाजपाकी उनै नेतृ हुन् जसले नेपालमा हिन्दूत्व र राजसंस्था आवश्यक रहेको भनी काठमाडौंमा अभिव्यक्ति दिएकी थिइन्।

यसैबीच तीन दिन अघि नयाँ दिल्ली पुगेका ज्ञानेन्द्र कुनै होटलमा नभई फार्म हाउसमा बसेको बताइएको छ। सो क्रममा भारतीय उच्चस्तरीय राजनीतिक व्यक्तित्वले भेटवार्ता गरेको बताइन्छ।

प्रतिक्रिया