कीर्तिपुरमा झुण्डिएको अवस्थामा महिलाको शव भेटियो


काठमाडौं – कीर्तिपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–४, दूधपोखरीस्थित जंगलमा भारी बोक्ने प्लास्टिकको नाम्लोको पासो लगाएर कटुसको रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको हो।

शनिबार अपरान्ह ४ः३० बजेको समयमा परिचय नखुलेकी अन्दाजी ५ फिट उचाई र अन्दाजी ३० वर्षकी गहुँगोरो वर्णकी तामाङ समुदायको जस्तो देखिने महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले महिला रुखमा पासो लगाएर झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै महानगरीय प्रहरी वृत, कीर्तिपुरको टोलीले घटनास्थल पुगी मुचुल्का गरी शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाएको छ।

झण्डै ३० मीटर अग्लो तेस्रो खालको हाँगामा झुण्डिएको र घटनास्थलको प्रारम्भिक अनुसन्धान र मृतकको अवस्था हेर्दा आत्महत्याको आशंका गरिएको छ। घटनाबारे गप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया