
एमाले सचिवालय बैठक मंगलबार बिहान
काठमाडौं- नेकपा (एमाले) ले पार्टी सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजेका लागि सचिवालय बैठक आह्वान गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुका साथै पार्टीको आन्तरिक गतिविधि र भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।



कागजपत्र |
