मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त


काठमाडौं-  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले पुस २५ गतेदेखि लागू हुने गरी देशभरका ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएको छ भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्नेछन् ।

आयोगद्वारा जारी विज्ञप्तिमा निर्वाचनको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रारम्भिक चरणमै निर्वाचन अधिकृतहरू खटाइएको उल्लेख गरिएको छ ।

Skip to PDF content

प्रतिक्रिया