कतारमा १३ नेपालीलाई आममाफी


काठमाडौं- कतारमा विभिन्न जेलमा सजाय भोगिरहेका १३ जना नेपाली नागरिकले आममाफी पाएका छन्। कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन/मानव अधिकार दिवसको अवसर पारेर उनीहरूलाई उदारतापूर्वक आममाफी दिएको हो।

परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति धन्यवाद ज्ञापन गर्दै यस निर्णयलाई मानवीय मूल्य र दुई देशबीचको मित्रताको प्रतीकका रूपमा व्याख्या गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीमा १३ जना नेपाली कैदीलाई आममाफी दिएको जानकारी दिएको हो।

 

 

 

प्रतिक्रिया