
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
काठमाडौं- नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० मा र चाँदी चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।



कागजपत्र |
