प्रधानमन्त्री कार्की र तीन शीर्षनेताबीच भोलि छलफल


काठमाडौं – प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।

त्यसैको निरन्तरतास्वरुप शनिबार प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

त्यसअघि सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार तिनै जना नेताहरूसँग भेट्दैछन् ।

प्रतिक्रिया