
राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै
काठमाडाैं- राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न लागेका हुन्।
छलफल राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ३ बजे हुनेछ। राष्ट्रपति पौडेलले फागुन २१ मै प्रतिनिधि सभा चुनाव हुनुपर्ने बताउँदै आएका छन्।



कागजपत्र |
