ओलीकाे गुन तिर्न अदालत धाउनुपरेको छ : रवि लामिछाने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

उनी सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा केपी शर्मा ओलीले आफूमाथि लगाएको “गुन” तिर्न अदालत जानुपरेको बताएका छन्। लामिछानेले भने, “गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ। ठाउँठाउँमा वा जिउँमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ। विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु।”

उनले  अबको सात दिनभित्र देशभरका अदालतमा धाउनुपरेको अवस्था रहेकाे बताए। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत जमानत लिएर उनलाई रिहा गर्ने आदेश दिएको थियो र लामिछाने शुक्रबार रिहा भएका थिए।

 

प्रतिक्रिया